कैलाली– विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि धनगढी उपमहानगरपालिकाभित्रका ४ वटा सामुदायिक शैक्षिक संस्था बन्द भएका छन्।
धनगढीस्थित त्रिभुवन मावि, शारदा मावि, राष्ट्रिय मावि र धनगढी नमूना माविमा कार्यरत शिक्षक तथा कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बन्द भएका हुन्।
शिक्षक–कर्मचारीका कोरोना संक्रमण पुष्टि भएपछि विद्यालय सञ्चालन भएको केही दिनमै धनगढी उप–महानगरपालिका भित्रका सामुदायिक विद्यालय धमाधम बन्द हुन थालेका हुन् ।
तर निजी शैक्षिक संस्था भने बन्द गरिएका छैनन् ।
अभिभावकहरुले निजी शैक्षिक संस्था संचालकले कोरोना संक्रमण लुकाएर जोखिम मोल्दै विद्यालय सञ्चालन गर्ने गरेको आरोप लगाउन थालेका छन्।