काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं १०० महिला र १४४ पुरुष गरी २४४ जना कोरोना संक्रमित थपिएका छन्।
योसँगै उपत्यकामा एक लाख १८ हजार ४२२ जना व्यक्ति संक्रमित भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १९९ , ललितपुरमा १८ र भक्तपुरमा २७ जनालाई कोरोना संक्रमण देखिएको छ।
हालसम्म काठमाडौंमा मात्र ९५ हजार ६५८ जना संक्रमित भएका छन्, जसमध्ये ४५७ जनाको मृत्यु भएको छ। हालसम्म ९२ हजार ४८ जना निको भएका छन्।
ललितपुरमा १४ हजार ९५२ जना संक्रमित भएका छन्। जसमा १४३ जना संक्रमितको मृत्यु भएको छ। ललितपुरमा १४ हजार ३१८ जना निको भएका छन्।
भक्तपुरमा ८ हजार ७३९ संक्रमितमध्ये ९८ जनाको मृत्यु भएको छ। हालसम्म ८ हजार ४१४ जना निको भएका छन्।
आज काठमाडौंमा ३ हजार १५३ ललितपुरमा ४९१ र भक्तपुरमा २२७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा नेपालमा ६ सय १३ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ५६ हजार ५ सय ९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा ५ हजार ५ सय १० जनाको पिसिआर परीक्षण गर्दा ६ सय १३ जनामा कोरोना पुष्टि भएको छ। योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १८ लाख ९६ हजार २ सय ५० पुगेको छ।
बिहीबार थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ८ पुगेको मन्त्रालयले जनाएको छ। हाल ४ सय जना क्वारेन्टाइनमा छन्।
पछिल्लो २४ घण्टामा ७३९ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ४७ हजार ४०० पुगेको मन्त्रालयले जनाएको छ।