काठमाडौं– नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५६ हजार ५९२ जना पुगेको छ। गत २४ घण्टामा ६१३ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रदेश १ को इलाममा एकजना, ओखलढुंगामा एकजना, झापामा १२, धनकुटामा एकजना, पाँचथरमा एकजना, भोजपुरमा एकजना, मोरङमा १३, सुनसरीमा १४ जनामा कोरोना भेटिएको छ।
प्रदेश २ को महोत्तरीमा ३ जना, सप्तरीमा २ र सिराहामा एकजनामा कोरोना संक्रमण भेटिएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार बागमती प्रदेशको काठमाडौंमा मात्र १९९ जनामा कोरोना पुष्टि भएको छ। यस्तै काभ्रेमा ३०, चितवनमा २ ,दोलखामा एकजना, धादिङमा एकजना, नुवाकोटमा ४, भक्तपुरमा १८, मकवानपुरमा ६, रामेछापमा २, ललितपुरमा २७, र सिन्धुपाल्चोकमा ३ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ४३, गोरखामा एकजना, तनहुँमा ९, लमजुङमा ४, र स्याङजामा ७ जनामा कोरोना पुष्टि भएको छ।
लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कापिलवस्तुमा ३, दाङमा २, नवलपरासीमा ४, पाल्पामा २, बर्दियामा ६, बाँकेमा १५, रुकुम पूर्वमा एकजनान र रुपन्देहीमा ३७ जनामा कोरोना पाइएको छ।
यस्तै कर्णाली प्रदेशको कालिकोटमा एकजना, दैलेखमा एकजना, सुर्खेतमा ४ जना, र हुम्लामा एकजनामा कोरोना भेटिएको छ।
यस्तै, सुदूरपश्चिम प्रदेशको अछाममा ३, कंचनपुरमा ४२, कैलालीमा ५७, डडेल्धुरामा ८, डोटीमा एकजना,दार्चुलामा ५, बझाङमा एकजना, बाजुरामा एकजना र बैतडीमा ५ जनामा कोरोना भेटिएको छ।