काठमाडौं - देशभर हाल ३१० जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। २६१ जना आइसियु र ४९ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा १९ आइसियु र ४ भेन्टिलेटरमा, प्रदेश २ मा ७ आइसियु र ३ भेन्टिलेटरमा, बागमती प्रदेशमा १०१ आइसियु र ३० भेन्टिलेटरमा, गण्डकीमा ८१ आइसियु र ७ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ४५ आइसियु र ३ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
यस्तै कर्णाली प्रदेशमा ७ जना आइसियु र २ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा एकजना आइसियुमा छन्। यो सुदूरपश्चिम प्रदेशमा कुनै पनि संक्रमित भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ। यसअघि सोमबार आइसियु र भेन्टिलेटरमा रहने संक्रमितको संख्या २९८ थियो।
यस्तै, देशभर हाल ३ हजार ९३३ जना कोरोना संक्रमित होम आइसोलेसनमा छन्।
७ हजार ३८४ कुल सक्रिय संक्रमितमध्ये ३ हजार ९३३ जना संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बाँकी ३ हजार ४५१ जना संक्रमित संस्थागत आइसोलेसनमा छन्।
होम आइसोलेसनमा रहने संक्रमितको संख्या सबैभन्दा धेरै बागमती प्रदेशमा छ। बागमती प्रदेशमा मात्र एक हजार ८०१ जना संक्रमित होम आइसोलेसनमा छन्।
प्रदेश १ मा २२५, प्रदेश २ मा ३३, गण्डकी प्रदेशमा ६०७, लुम्बिनी प्रदेशमा ७२०, कर्णालीमा ७९ र सुदूरपश्चिममा ४६८ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। यसअघि बुधबार ४ हजार ११९ जना संक्रमित होम आइसोलेसनमा थिए।