coronavirus.jpg
पेरिस– फ्रान्समा पनि कोरोना भाइरसको नयाँ प्रकार फेला परेको छ। केही दिनअघि बेलायतबाट फर्किएका व्यक्तिमा उक्त भाइरस फेला परेको हो। यो भाइरस चाँडो फैलने खालको खतरनाक भएको बताइएको छ।
फ्रान्सको स्वास्थ्य मन्त्रालयका अनुसार १९ डिसेम्बरमा लण्डनबाट फर्किएका ती व्यक्ति टुअर्स सहरमा बस्ने गरेको र हाल उनी आइसोलेसनमा रहेको बताइएको छ।
खतरनाक खालको कोरोना भाइरसको नयाँ रुप फेला परेपछि कैयौं मुलुकहरुले बेलायतमा यात्रामा प्रतिबन्ध लगाएका छन्। यो भाइरस दक्षिण अफ्रिकामा पनि फेला परेको छ। त्यहाँ पनि बेलायतबाटै फर्किएका व्यक्तिमा भाइरस फेला परेको थियो।