काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं ८३ महिला र १२५ पुरुष गरी २०८ जना कोरोना संक्रमित थपिएका छन्।
योसँगै उपत्यकामा एक लाख २० हजार १०३ जना व्यक्ति संक्रमित भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १७५ , ललितपुरमा २७ र भक्तपुरमा ६ जनालाई कोरोना संक्रमण देखिएको छ।
हालसम्म काठमाडौंमा मात्र ९५ हजार ६५८ जना संक्रमित भएका छन्, जसमध्ये ४६४ जनाको मृत्यु भएको छ। हालसम्म एक लाख २ हजार ८९९ सय जना निको भएका छन्।
ललितपुरमा १५ हजार ६८ जना संक्रमित भएका छन्। जसमा १४५ जना संक्रमितको मृत्यु भएको छ। ललितपुरमा १४ हजार ५३४ जना निको भएका छन्।
भक्तपुरमा ८ हजार ७८१ संक्रमितमध्ये ९८ जनाको मृत्यु भएको छ। हालसम्म ८ हजार ५१० जना निको भएका छन्।
आज काठमाडौंमा २ हजार ८९१ ललितपुरमा ३८९ र भक्तपुरमा १७३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा नेपालमा ४८१ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै कुल संक्रमितको संख्या २ लाख ५८ हजार १८१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा ३ हजार ८२८ जनाको पिसिआर परीक्षण गर्दा ४८१ जनामा कोरोना पुष्टि भएको छ। योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ९ हजार ६५४ पुगेको छ।
आइतबार थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय २५ पुगेको मन्त्रालयले जनाएको छ। हाल ३६९ सय जना क्वारेन्टाइनमा छन्।
पछिल्लो २४ घण्टामा ७३१ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ४९ हजार ८६३ पुगेको मन्त्रालयले जनाएको छ।