काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५८ हजार १ सय ८१ पुगेको छ। गत २४ घण्टामा ४ सय ८१ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रदेश १ को धनुषामा ३ र रौतहटमा ३ जनामा कोरोना पुष्टि भएको छ।
बागमती प्रदेशको काठमाडौंमा मात्र १ सय ७५ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ३, चितवनमा २०, दोलखामा २, धादिङमा ७, नुवाकोटमा ४, भक्तपुरमा ६, मकवानपुरमा ७, रसुवामा १, रामेछापमा १, ललितपुरमा २७ र सिन्धुलीमा जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ५४, तनहुँमा ४, नवलपरासीमा पूर्वमा ४, लमजुङमा २, बागुलङमा ६ र स्याङजामा १३ जनामा कोरोना पुष्टि भएको छ।
लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ३, गुल्मीमा ४, दाङमा २, नवलपरासीमा ४, पाल्पामा ७, प्यूठानमा १, बर्दियामा ४, बाँकेमा १९, रोल्पामा १ र रुपन्देहीमा १७ जनामा कोरोना पाइएको छ।
गत २४ घण्टामा कर्णाली प्रदेशको कुनै पनि जिल्लामा संक्रमित नभेटिएको मन्त्रालयले जनाएको छ।
यस्तै, सुदूरपश्चिम प्रदेशको अछाममा २, कञ्चनपुरमा १०, कैलालीमा ४५ र बझाङमा ५ जनामा कोरोना भेटिएको छ।