काठमाडौं - देशभर हाल २ सय ८८ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। २ सय ३५ जना आइसियु र ५३ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा १२ आइसियु र ४ भेन्टिलेटरमा, प्रदेश २ मा ४ आइसियु र ३ भेन्टिलेटरमा बागमती प्रदेशमा ८२ आइसियु र २७ भेन्टिलेटरमा, गण्डकीमा ७२ आइसियु र ८ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ५२ आइसियु र ८ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
कर्णाली प्रदेशमा १० जना आइसियु र २ जना भेन्टिलेटरमा, सूदुरपश्चिम प्रदेशमा ३ आइसियु र १ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
यस्तै, देशभर हाल ३ हजार ७७ कोरोना संक्रमित होम आइसोलेसनमा छन्। ६ हजार ४ सय ९३ कुल सक्रिय संक्रमितमध्ये ३ हजार ७७ जना संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बाँकी ३ हजार ४ सय १६ जना संक्रमित संस्थागत आइसोलेसनमा छन्।
प्रदेश १ मा ६१, प्रदेश २ मा २३, गण्डकी प्रदेशमा १ हजार २ सय ९२, गण्डकी प्रदेशमा ४ सय ९६, लुम्बिनी प्रदेशमा ७ सय ४, कर्णालीमा ८६ र सुदूरपश्चिममा ४ सय १५ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।