काठमाडौं- रुसले नेपाललाई कोभिड-१९ विरुद्धको भ्याक्सिन उपलब्ध गराउने देशको छैठौं प्राथमिकतामा राखेको बताएको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीसँग भएको भेटवार्तामा नेपालका लागि रुसका राजदूत अलेक्सइ ए नोबिकोभले नेपाललाई प्राथमिकतामा राखिएको बताएका हुन्।
नेपालका लागि रसियका राजदूत नोबिकोभले रुसले उत्पादन गरेको कोभिडविरुद्ध भ्याक्सिन उपलब्ध गराउने देशको छैठौँ प्राथमिकतामा राखेको बताउँदै १०८ देशले कोभिडविरुद्धको खोप माग गरेको बताएका थिए।
स्वास्थ्यमन्त्री त्रिपाठीले नेपाल र रुसको सम्बन्ध अझ प्रगाढ रहने विश्वाससहित कोभिड विरुद्धको लडाइँमा साथका लागि धन्यवाद दिएका थिए। भेटमा वर्तमान नेपालको राजनैतिक अवस्थाबारे पनि कुराकानी भएको बताइएको छ।
राजदुत नोविकोव ले नेपालाई स्वास्थ्य सामग्री सहयोग गरि कोभिड१९ विरुद्धको लडाईंमा साथ दिने प्रतिबद्दता समेत गरेको स्वास्थ्य मन्त्रीको निजी सचिवालयले जनाएको छ।