काठमाडौं- नेपाल चिकित्सक संघ, कर्णाली शाखाको नयाँ कार्यसमिति चयन भएको छ। आगामी ३ वर्षका लागि संघको कर्णाली शाखाले नयाँ कार्यसमिति समिति चयन गरेको हो।
डा प्रविण कुमार गिरीको अध्यक्षतामा चयन भएको कार्यसमितिमा डा पुजनकुमार रोकाया वरिष्ठ उपाध्यक्ष छन्। सचिवमा डा तुफान सिंह कठायत, सहसचिवमा डा निराजन महासेठ, कोषाध्यक्षमा डा सुबी बस्न्यात र सहकोषाध्यक्षमा डा रविन खापुङ्ग चयन भएका छन्।
यस्तै संघका सदस्यहरुमा डा हेमन्त चौधरी, डा राजेन्द्रमणि, डा राधा शरण सुडी, डा रोजनिम श्रेष्ठ, डा माणिक न्यौपाने र डा सिद्धार्थ धोज खाती सर्वसहमतिमा चयन भएका छन्।
सोमबार नयाँ कार्यसमितिलाई नेपाल चिकित्सक संघ कर्णाली शाखाका संस्थापक अध्यक्ष डा मंगल रावलले जिम्मेवारी हस्तान्तरण गरेका छन्।