काठमाडौं– नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५९ हजार ५४८ जना पुगेको छ । गत २४ घण्टामा ७०८ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश १ मा ४१ जना कोरोना संक्रमित थपिएका छन् । जसमा उदयपुरमा एकजना, झापाका ४, भोजपुरमा एकजना, मोरङमा २१ र सुनसरीमा १४ जनामा कोरोना संक्रमण देखिएको छ ।
यस्तै प्रदेश २ मा३ जनामा कोरोना देखिएको छ । जसमा धनुषाका २ जना र रौतहटका एकजनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार बागमती प्रदेशमा ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बागमती प्रदेशको काठमाडौंमा मात्र ३२४जनामा कोरोना पुष्टि भएको छ । यस्तै काभ्रेमा ७, चितवनमा १४, धादिङमा ६, नुवाकोटमा ७, भक्तपुरमा २२, मकवानपुरमा ७, रामेछापमा एकजना, ललितपुरमा ५२ र सिन्धुपाल्चोकमा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा २७ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा कास्कीमा १९, गोरखामा एकजना, तनहुँमा एकजना, नवलपरासी पूर्वमा ५ र लमजुङमा एकजनामा कोरोना पुष्टि भएको छ ।
लुम्बिनी प्रदेशमा १३२ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये अर्घाखाँचीमा ३, कपिलवस्तुमा ६, गुल्मीमा ४, दाङमा १६, नवलपरासीमा ५, पाल्पामा १०, बर्दियामा ११, बाँकेमा ३८, रुकुम पूर्वमा एकजना, रुपन्देहीमा ३७ र रोल्पामा एकजनामा कोरोना पाइएको छ ।
कर्णाली प्रदेशमा ८ जनामा कोरोना संक्रमण देखिएकोमा जाजरकोटका एकजना र सुर्खेतका ७ जना रहेका छन् ।यस्तै, सुदूरपश्चिम प्रदेशमा ५५ जनामा कोरोना संक्रमण देखिएको छ । यो प्रदेशमा अछाममा एकजना, कंचनपुरमा १६, कैलालीमा २६, डडेल्धुरामा ३, बझाङमा ५ र बैतडीमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।