gynooncho.jpg
काठमाडौं- गाइनोकोलोजिकल अंकोलोजी सोसाइटी गोसोन मा नयाँ कार्यसमिति चयन भएको छ।
डा शिला बर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो। उपाध्यक्षमा डा गेहनाथ बराल, महासचिवमा डा जितेन्द्र परियार, कोषाध्यक्षमा डा गणेश दंगाल, सहसचिवमा डा रिजुता जोशी चयन भएका छन्।
यसैगरी, सदस्यहरुमा डा अनु बज्राचार्य, डा एलिजा श्रेष्ठ, डा कविन भट्टचन, डा किर्तीपाल सुवेदी, डा पप्पु रिजाल र डा प्रियंका कटुवाल चयन भएका छन्।
सोसाइटीको सल्लाहकारमा डा अचला वैद्य चयन भएकी छिन्।
कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ।