काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की श्रीमती सीता दाहाल अस्पताल भर्ना भएकी छन्।
स्वास्थ्यमा समस्या आएपछि सीता दाहाललाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो। बुधबार बिहान साढे ११ बजे सीतालाई अस्पताल भर्ना गरिएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले बताए।
अस्पताल भर्ना गरिएपनि स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए। सीता दाहाल लामो समयदेखि प्रोग्रसिभ सुपरान्युक्लियर पाल्सी (पिएसपी) लगायत रोगबाट पीडित छिन्।