काठमाडौं– गुड नेभर्स इन्टरनेशनलले २० हजार वटा आरटी पिसिआर टेष्ट किट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहयोग गरेको छ।
मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बुधबारको पत्रकार सम्मेलन मार्फत उक्त संस्थाबाट २० हजार वटा आरटी पिसिआर टेष्ट किट सहयोग प्राप्त भएको जनाकारी दिएका हुन्।
सो संस्थाले बुधबार स्वास्थ्य मन्त्रालयमै पुगेर किट हस्तान्तरण गरेको हो।