काठमाडौं - देशभर हाल २ सय ५४ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। २ सय १७ जना आइसियु र ३७ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा ११ आइसियु र २ भेन्टिलेटरमा, प्रदेश २ मा ३ आइसियु र २ भेन्टिलेटरमा बागमती प्रदेशमा ७१ आइसियु र १९ भेन्टिलेटरमा, गण्डकीमा ६३ आइसियु र ५ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ५४ आइसियु र ५ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
कर्णाली प्रदेशमा १२ जना आइसियु र २ जना भेन्टिलेटरमा, सूदुरपश्चिम प्रदेशमा ३ आइसियु र २ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै, देशभर हाल २ हजार ८ सय २३ कोरोना संक्रमित होम आइसोलेसनमा छन्। ६ हजार ३ सय कुल सक्रिय संक्रमितमध्ये २ हजार ८ सय २३ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। बाँकी ३ हजार ४ सय ७७ जना संक्रमित संस्थागत आइसोलेसनमा छन्।
प्रदेश १ मा १ सय ९, प्रदेश २ मा २३, गण्डकी प्रदेशमा १ हजार २ सय १०, गण्डकी प्रदेशमा ३ सय ६७, लुम्बिनी प्रदेशमा ६ सय ८६, कर्णालीमा ८९ र सुदूरपश्चिममा ३ सय ३९ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।