काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राबीच मन्त्रालयमा भेटवार्ता भएको छ।
भेटका क्रममा राजदूत क्वात्राले मन्त्री त्रिपाठीलाई बधाई दिँदै कोभिड-१९ विरुद्धको भ्याक्सिनका विषयमा समेत मिलेर अघि बढ्ने बताए।
भेटमा कोभिडविरुद्ध नेपाल र भारत मिलेर अगाडि बढ्नेबारे पनि छलफल भएको बताइएको छ।