काठमाडौं - ‘औषधि (तेस्रो संशोधन) अध्यादेश’ राष्ट्रिय सभामा पेस भएको छ। शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले अध्यादेश पेस गरेका हुन्।
कोभिड-१९ विरुद्धको खोप उपलब्धता सहज बनाउनेलगायतका व्यवस्था गर्न मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले मंसिर ३ गते ‘औषधि (तेस्रो संशोधन) अध्यादेश’ जारी गरेकी थिइन्।
औषधि ऐनमा २ बुँदा थप गरी खोप तथा औषधिको आपतकालीन प्रयोगका लागि अध्यादेशमा व्यवस्था भएको बताइएको छ।
‘खोप तथा औषधिको आपतकालीन प्रयोग’ र खोपको क्लिनिकल ट्रायलका विषय अध्यादेशमा छ।