काठमाडौं - देशभर हाल २ सय ५४ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। २ सय १८ जना आइसियु र ३६ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा ८ आइसियु र ३ भेन्टिलेटरमा छन्। प्रदेश २ मा कुनै पनि संक्रमित आइसियुमा छैनन्। १ जना संक्रमित भने भेन्टिलेटरमा छ।
बागमती प्रदेशमा ८४ आइसियु र १८ भेन्टिलेटरमा, गण्डकीमा ५६ आइसियु र ४ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ५४ आइसियु र ८ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
कर्णाली प्रदेशमा १३ जना आइसियु र १ जना भेन्टिलेटरमा, सूदुरपश्चिम प्रदेशमा ३ आइसियु र १ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै, देशभर हाल २ हजार २ सय ३४ कोरोना संक्रमित होम आइसोलेसनमा छन्। ५ हजार ७ सय ११ कुल सक्रिय संक्रमितमध्ये २ हजार २ सय ३४ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। बाँकी ३ हजार ४ सय ७७ जना संक्रमित संस्थागत आइसोलेसनमा छन्।
प्रदेश १ मा ८६, प्रदेश २ मा ३६, बागमति प्रदेशमा ७ सय ५२, गण्डकी प्रदेशमा ३ सय ६०, लुम्बिनी प्रदेशमा ५ सय ५७, कर्णालीमा ३८ र सुदूरपश्चिममा ४ सय ५ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।