काठमाडौं - नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार ४ सय ३८ पुगेको छ। गत २४ घण्टामा ४ सय १९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ५ हजार ७ सय ११ जना सक्रिय संक्रमित छन्।
प्रदेश १ को इलाममा १, ओखलढुंगामा १, झापामा ७, भोजपुरमा १, मोरङमा १५ र सुनसरीमा ९ जनामा कोरोना पुष्टि भएको छ।
प्रदेश २ को बारा र महोत्तरीमा १÷१ जनामा मात्र कोरोना पाइएको मन्त्रालयले जनाएको छ।
बागमती प्रदेशको काठमाडौंमा मात्र १ सय २४ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ९, दोलखामा ४, धादिङमा ३, नुवाकोटमा २, भक्तपुरमा ५, मकवानपुरमा ४, रामेछापमा ८, ललितपुरमा २५, सिन्धुपाल्चोकमा २ र सिन्धुलीमा ३ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ३९, गोरखामा २, तनहुँमा २, पर्वतमा ३, म्याग्दीमा ५, लमजुङमा २, बागुलङमा ५ र स्याङजामा ४ जनामा कोरोना पुष्टि भएको छ। लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १, कपिलवस्तुमा ८, गुल्मीमा ३, दाङमा ३, नवलपरासीमा २, पाल्पामा १३, प्युठानमा २, बर्दियामा ४, बाँकेमा १४ र रुपन्देहीमा १९ जनामा कोरोना पाइएको छ।
गत २४ घण्टामा कर्णाली प्रदेशको कालिकोटमा १, जुम्लामा १, दैलेखमा ३ र सुर्खेतमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
यस्तै, सुदूरपश्चिम प्रदेशको अछाममा १, कञ्चनपुरमा १८, कैलालीमा २२, डडेल्धुरामा १, दार्चुलामा ५, बझाङमा ४ र बैतडीमा ६ जनामा कोरोना भेटिएको छ।