काठमाडौं - नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार २ सय ६२ पुगेको छ। गत २४ घण्टामा ४ सय ३ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ५ हजार २ सय ८९ जना सक्रिय संक्रमित छन्।
प्रदेश १ को इलाममा १, उदयपुरमा १, ओखलढुंगामा १, झापामा ३, मोरङमा ५ र सुनसरीमा २ जनामा कोरोना पुष्टि भएको छ।
प्रदेश २ को धनुषामा ५, पर्सामा ५, बारामा २, महोत्तरीमा १, सर्लाहीमा २ र सिरहामा १ जनामा मात्र कोरोना पाइएको मन्त्रालयले जनाएको छ।
बागमती प्रदेशको काठमाडौंमा मात्र १ सय ४० जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ६, चितवनमा ३, दोलखामा १०, धादिङमा ६, नुवाकोटमा १, भक्तपुरमा २४, मकवानपुरमा ५, रसुवामा १, ललितपुरमा २१, सिन्धुलीमा १ र सिन्धुपाल्चोकमा ३ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ३५, गोरखामा ३, तनहुँमा ३, नवलपरासी पूर्वमा २, पर्वतमा १ र स्याङजामा १ जनामा कोरोना पुष्टि भएको छ।
लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १, कपिलवस्तुमा १०, गुल्मीमा २, दाङमा ८, नवलपरासीमा ३, प्युठानमा १, बर्दियामा ४, बाँकेमा १४, रोल्पामा २ र रुपन्देहीमा २५ जनामा कोरोना पाइएको छ।
गत २४ घण्टामा कर्णाली प्रदेशको कुनै पनि जिल्लामा संक्रमित भेटिएको छैन। सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा २, कैलालीमा ३०, डडेल्धुरामा २, डोटीमा २, दार्चुलामा १ र बझाङमा १ जनामा कोरोना भेटिएको छ।