काठमाडौं- स्वास्थ्य खबरपत्रिका र स्वास्थ्यखबर डटकमको कार्यकारी सम्पादकमा कल्पना पौडेल नियुक्त भएकी छिन्। हेल्प पब्लिकेसन प्रालिले पौडेललाई कार्यकारी सम्पादकको जिम्मेवारी दिएको हो। पौडेल यसअघि स्वास्थ्यखबरमा नै प्रमुख संवाददाताका रुपमा कार्यरत थिइन्।
हेल्प पब्लिकेसन्सका अध्यक्ष अनिल न्यौपानेले कार्यकारी सम्पादक पौडेलले स्वास्थ्यखबरलाई अझ उचाइमा पुर्याउने विश्वास लिएको बताए।
स्वास्थ्यखबरका सम्पादक प्रवीण ढकालले पौडेललाई नयाँ जिम्मेवारीको शुभकामनासहित पाठकको चाहनाअनुसार गुणस्तरीय र विश्वसनीय सामग्रीमा निरन्तरता दिँदै नयाँ फड्को मार्नुपर्ने बताए।
पौडेलले स्वास्थ्यखबरले आर्जन गरेको विश्वसनीयतालाई अझ उचाइमा पुर्याउन हरसम्भव कोसिस गर्ने प्रतिबद्धता व्यक्त गरिन्।