काठमाडौं– चिकित्सा शिक्षा आयोगले पिजीको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
आयोगले गत १८ गते लिएको एमडी/एमएसको नतिजा आज सार्वजनिक गरेको हो।
आयोगका सदस्य सचिव डिल्लीराम लुइँटेलका अनुसार ५ हजार २२९ जनाले परीक्षा दिएका थिए।
ती मध्ये अनुभव सहितको खुलामा २ हजार ४७० जना, विना अनुभव खुल्ला तर्फ १५७ जना, सरकारी तर्फ २०२ जना र विदेशी परीक्षार्थीतर्फ ४६ जना उत्तीर्ण भएका छन्।
परीक्षामा ५ हजार ५६८ जनाले परीक्षा फारम भरेकोमा ३३९ जना परीक्षार्थी परीक्षामा सहभागी भएका थिएनन्।
परीक्षामा सहभागीमध्ये २ हजार ८७५ जना उत्तीर्ण भएका छन् भने २ हजार ३५७ अनुत्तीर्ण भएका छन्।
हेरौं नतिजा