काठमाडौं - नेपालमा एकै दिन थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ९९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि मंगलबार ८ जना संक्रमितको मृत्यु भएको थियो।
गत २४ घण्टामा ६ हजार ७ सय ६ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ६४ हजार १ सय ६० पुगेको छ। हाल ३ सय ४२ क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।