काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न कूटनीतिक नियोग, राजदुतावास तथा हवाइ उडान कम्पनीहरुले कुनै विशेष निजी प्रयोगशालाको मात्र पिसिआर रिपोर्ट मान्य हुने भन्दै सार्वजनिक गरेको सूचनामा आपत्ति जनाएको छ।
मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट स्वीकृति लिएका सरकारी तथा निजी प्रयोगशालाको नजितालाई मान्यता दिने स्पष्ट पारेको छ। मन्त्रालयले सोही अनुसार आवश्यक कार्य गर्न गराउन समेत भनेको छ।
कोभिड १९ को रोकथाम तथा नियन्त्रण सम्बन्धमा बसेको इन्सिडेन्ट कमान्ड सिस्टम (आईसीएस) बैठकले विशेष निजी प्रयोगशालाहरुको मात्र नतिजालाई मान्यता दिने नभई स्वीकृति लिएका सबै प्रयोगशालाको नजितालाई मान्यता दिन स्पष्ट पारेको हो।
कोभिड १९ को पिसिआर परीक्षणको नतिजा कुनै विशेष निजी प्रयोगशालाहरुको मात्रै मान्ने भनी सार्वजनिक सूचना गरेको सन्दर्भमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ।
कुनै द्धिवीधा भएमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको समन्वय गर्न गराउन सार्वजनिक सूचना जारी गर्ने र कोभिड १९ संकट व्यवस्थापन केन्द्र, परराष्ट्र मन्त्रालय र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई लेखि पठाउने निर्णय भएको मन्त्रालयले जनाएको छ।