विराटनगर- नेपाल चिकित्सक संघ, कोशीको नयाँ कार्यसमितिका आगामी माघ ४ र ५ गते निर्वाचन हुने भएको छ।
संघको नेतृत्वको लागि मंगलबार १३ पदमा २६ जनाको उम्मेदवारी दर्ता भएको छ ।
निर्वाचनमा दुई समुहले उम्मेदवारी दर्ता गराएका छन्। डा कैलाश श्रेष्ठ र डा फरवर्ड सिलवालबिच प्रतिस्पर्धा हुने भएको छ। डा सिलवाल संघका वर्तमान अध्यक्ष समेत हुन्। डा श्रेष्ठ अग्रज चिकित्सकको रुपमा चिनिन्छन्।
डा श्रेष्ठको समूहबाट वरिष्ठ उपाध्यक्षमा डा सन्जिव ठाकुर, उपाध्यक्षमा डाबालकृष्ण साह, महासचिबमा डा. रविनराज सिंह, सहसचिबमा डाधिरज सिंह, कोषाध्यक्षमा डा सुधिर श्रेष्ठ र सह–कोषाध्यक्षमा डा सरबेसकुमार झाले उम्मेदवारी दिएका छन्।
सदस्यहरुमा डा रोशन खड्का, डा पल्बी झा, डा अविशेष चौधरी, डा दिपक न्यौपाने, डा निशा अधिकारी र डा राजेश्वर यादव छन्।
त्यसैगरी, सिलवालको समूहबाट वरिष्ठ उपाध्यक्षमा डा नविन कर्ण, उपाध्यक्षमा डा यज्ञराज खरेल, महासचिबमा डा राजेन्द्र चौधरी, कोषाध्यक्षमा डा सिलवन्त सेन श्रीवास्तव, सहसचिबमा डासुनिल रेग्मी, सहकोषाध्यक्षमा डा जुबिन सिलवाल उम्मेदवार छन् ।
सदस्यहरुमा डा अन्जु देव, डा अमरकुमार यादव, डा पार्थ गुरागाईं, डा अमरेन्द्रकुमार महतो, डा प्रेरणा दाहाल र डा कृष्णप्रसाद नेपालले उम्मेदवारी दिएका छन्।
१ हजार २ सय ८१ जना चिकित्सक मतदाता रहेको संघमा धरानबाहेक कोशीका सबै चिकित्सकहरुले मतदानमा सहभागीता जनाउने बताइएको छ।
धरानको बीपी प्रतिष्ठानमा भने छुट्टै चिकित्सक संघ रहेको छ।