बुटवल- लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मुख तथा अनुहारसम्बन्धी जटिल शल्यक्रिया सेवा सुरु भएको छ।
पुषको अन्तिम सातादेखि मुख तथा अनुहारसम्बन्धी जटिल शल्यक्रिया सेवा सुरु भएको अस्पतालले जनाएको छ।
सामान्य खालको उपचार पहिलेदेखि नै हुँदै आएपनि जटिल खालको शल्यक्रिया पहिलो पटक सुरु भएको अस्पतालको डेन्टल विभागकी प्रमुख डेन्टल कन्सल्टेन्ट डा वर्षा थापाले बताइन्।
हालै मात्र चोटपटक लागेर अनुहारको हड्डी भाँचिएको बिरामीलाई शल्यक्रिया गरी हड्डी जोड्ने उपचार सम्पन्न भएको उनले जानकारी दिइन्। शल्यक्रियामा डा थापासँगै डा विवेक महतो, कन्सल्टेन्ट म्यग्जिलो फेसियल सर्जनलगायत संलग्न थिए।
डेन्टल विभागबाट जटिल शल्यक्रियाको समेत उपचार सुरु भएकाले बिरामीलाई सहज भएको उनको भनाइ छ।