काठमाडौं- सरकारले चालु आर्थिक वर्षको बजेटमा उल्लेख भएअनुसार उत्पादनमूलक उद्योगलाई लकडाउन अवधिभरको विद्युत डिमान्ड शुल्क छुट दिने भएको छ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा बसेको बैठकले सोमबारबाट यो व्यवस्था कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो।
औद्योगिक व्यवसाय निमयमावलीमा भएको व्यवस्थाअनुसार उत्पादनमूलक उद्योगको डिमान्ड शुल्क छुट दिने निर्णय गरिएको अर्थ मन्त्रालयले जनाएको छ।
बैठकले एलोपेथिक र आयुर्वेदिक औषधि उद्योगसहित ५८ किसिमका उद्योगलाई लकडाउन अवधिभरको विद्युत डिमान्ड शुल्क छुट दिने निर्णय गरेको हो।
बैठकमा अर्थ, ऊर्जा र उद्योग मन्त्रालयका प्रतिनिधि तथा नेपाल विद्युत प्राधिकरकणका कायम-मुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य उपस्थित थिए।