काठमाडौं- वरिष्ठ यूरोलोजिष्ट डा सिपी मास्केको निधन प्रति नेपाल यूरोलोजिकल शल्य चिकित्सक संघले दुख व्यक्त गरेको छ।
संघका महासचिव डा पवनराज चालिसे संघले प्रेस विज्ञप्ति जारी गर्दै मास्केको निधनले मर्माहत भएको बताएका छन्।
संघका आजिवन सदस्य समेत रहेका डा मास्केले निधनले शल्य चिकित्सा तथा यूरोलोजी विषयमा अतुलनीय योगदान दिएको उल्लेख गरेको छ। उनको निधनले संघलाई अपूरणीय क्षति भएको भन्दै दुख व्यक्त गरेको छ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का पूर्व उपकुलपति समेत रहेका डा सिपी मास्केको आज बिहान निधन भएको हो।
उनी कोरोना संक्रमणपछि मेडिसिटी अस्पतालमा उपचाररत थिए। उनका छोरा डा सन्देश मास्केका अनुुसार डा मास्कलाई मुटु तथा मिर्गौला रोगको समस्या थियो।
डा मास्के नेपालका पायनियर युरो सर्जन समेत हुन। नेपालमा युरो सर्जरीको सुरुवात गर्नेमध्येमा पर्छन उनी।
तेह्रथुमको जलजला गाविसमा सन् १९९८ सालमा जन्मिएका डा मास्के शिक्षण अस्पताल महाराजगञ्जको निर्देशक समेत भएका थिए।
नेपालमा मात्रै होइन, बंगलादेश र भुटानमा समेत पुगेर उनले सेवा दिएका छन्।