काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले निजी वायुसेवा कम्पनी अल्टिच्युड एयरलाई पनि कोरोना भाइरस (कोभिड– १९ )का बिरामीको हवाइ उद्धार गर्न अनुमति दिएकाे छ। सोमबार नेपाल नागरिक उड्डयन प्राधिकरणले उद्धारको अनुमति दिएको हाे।
प्राधिकरणले यसअघि सिम्रिक, कैलाश र मनाङ एयरलाई काेराेना भाइरस संक्रमितकाे हवाइ उद्धार गर्न अनुमति दिएकाे थियाे।
देशका विभिन्न भागमा कोभिडका बिरामीको समस्या गम्भीर भएर उद्धार उडान गर्न सहयोग होस् भन्ने उद्देश्यले अनुमति दिइएको प्राधिकरणले जनाएको छ।
हाल अल्टिच्युडसँग दुईवटा हेलिकप्टर सञ्चालनमा छन्।