काठमाडौं- ललितपुरस्थित निदान अस्पतालमा २४सै घण्टा विशेषज्ञसहितको अत्याधुनिक सघन उपचार सेवा (आइसियु) सुरु भएको छ।
अस्पतालले क्रिटिकल केयर तालिम प्राप्त विशेषज्ञ चिकित्सक, मेडिकल अफिसर र नर्सहरुद्वारा अध्याधुनिक प्रविधिबाट सेवा सुरु गरेको जनाएको छ।
२४सै घण्टा सघन उपचार विशेषज्ञ सहितको निगरानीमा उपचार गरिने, एक जना बिरामीको लागि एक जना क्रिटिकल केयर तालिम प्राप्त नर्सको व्यवस्था गरिएको, १० वटा अत्याधुनिक बेड भएको र क्रिटिकल केयरमा रहेका बिरामीको लागि डायलासिसको सुविधा भएको अस्पतालले जनाएको छ।
आइसियुमा उपचाररत बिरामीका लागि पोषणयुक्त खानाका लागि पाेषणविदकाे व्यवस्था गरिएकाे, बिरामीका लागि फिजियोथेरापी र कोभिड, ननकोभिड दुबै बिरामीको लागि एकै ठाउँमा उपचार गर्ने प्रविधि अपनाएको समेत अस्पतालले जनाएको छ।