काठमाडौं– नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ६४६ पुगेको छ। बिहीबार ३३६ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये ३ हजार ७०० जना सक्रिय संक्रमित छन्।
प्रदेश १ को ओखलढुंगामा ३, झापामा ४, धनकुटामा एकजना, संखुवसभामा एकजना, सुनसरीमा २ जनामा कोरोना संक्रमण देखिएको छ ।
यस्तै प्रदेश नम्बर २ को धनुषामा २ जना र सप्तरीमा एएकजनामा कोरोना संक्रमण देखिएको छ ।
बागमती प्रदेशको काठमाडौंमा मात्र १४६ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ५, चितवनमा १२, धादिङमा एकजना, नुवाकोटमा १२, भक्तपुरमा १६, मकवानपुरमा २, ललितपुरमा ३६ र सिन्धुपाल्चोकमा एकजनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा २४, गोरखामा एकजना, तनहुँमा २, नवलपरासीमा पूर्वमा २, पर्वतमा ४, लमजुङमा एकजना, बाग्लुङमा ७ र स्याङ्जामा एकजनामा कोरोना पुष्टि भएको छ।
लुम्बिनी प्रदेशको अर्घाखाँचीमा एकजना, कपिलवस्तुमा २ जना, गुल्मीका ४, दाङमा ४, नवलपरासीमा एकजना, प्युठानमा एकजना, वर्दियामा २, बाँकेमा ७, रुपन्देहीमा ५ र रोल्पामा एकजनामा कोरोना पाइएको छ।
गत २४ घण्टामा कर्णाली प्रदेशको जाजरकोटमा एकजना, जुम्लामा एकजना र सुर्खेतमा एकजनामा कोरोना संक्रमण देखिएको छ । सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा २, कैलालीमा ३, बझाङमा ७ र बाजुरामा एकजनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।