काठमाडौं- आ युर्वेद स्नातक (बीएएमएस) उत्तीर्ण गरेकाहरुको स्थायी नाम दर्ता सम्बन्धी लाइसेन्सिङ परीक्षा फागुनमा सञ्चा लन हुने भएको छ।
आयुर्वेद चिकित्सा परिषद नेपालले सूचना जारी गरी आयुर्वेद स्नातक उत्तीर्ण गरेका विद्यार्थीहरुका लागि फागुन ८ गते परीक्षा सञ्चालन गर्न लागेको जनाएको छ। परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले माघ १३ गतेदेखि फारम भर्न सक्नेछन्।
परीक्षामा सहभागी हुने विद्याथीहरुले कम्तीमा ६ महिना इन्टर्नशीप पुरा गरेको हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ।
माघ १३ देखि २७ गतेसम्म नियमित दस्तुर र माघ २८ देखि फागुन ४ गतेसम्म थप दस्तुर तिरी फारम भर्न सकिने परिषदले जनाएको छ।