काठमाडौं - विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालले फिलमार्रे पिसिआर मेसिन जडान गरेको छ। उक्त मेसिनको सहायताले एक घण्टाभित्र कुनै पनि रोगको ३० वटासम्म रोग संक्रमण गराउन सक्ने संभावित कारण पत्ता लगाउन सकिने अस्पतालले जनाएको छ।
फिलमार्रे पिसिआर मेसिनलाई अमेरिकी फुड एण्ड ड्रग एडमेनिस्ट्रेशन ( एफडीए ) ले मान्यता समेत दिएको छ। आइसिुमा भर्ना भएका बिरामीको रोग पत्ता लगाउनमा यो मेसिनले थप सहयोग गर्ने अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार फोक्सो श्वासनलीबाट खकार निकालेर क्षयरोग, क्यान्सर वा कडा खालको किटाणुले गर्दा भएको संक्रमणको बारेमा एकै पटक थाहा पाउन सकिन्छ।