काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली कोभिड विरुद्धको खोप कार्यक्रम निरीक्षण गर्न त्रिवि शिक्षण अस्पताल पुगेका छन्।
प्रधानमन्त्री ओलीसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी पनि शिक्षण अस्पतालमा पुगेका छन्।
शिक्षण अस्पतालका निर्देशक डा दिनेश काफ्लले लगायतले कोभिड खोप लगाइसकेका छन्।
आजदेखि देशव्यापी रुपमा कोभिड विरुद्ध खोप अभियान सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियानको शुरू गरेका छन्।
उनले खोप अभियानको शुरूआत गर्दै कोभिड-१९ विरुद्वको लडाइँलाई नयाँ चरणमा उठाएको बताए। उनले छोटो चरणमै देशव्यापी रुपमा खोप अभियान शुभारम्भ गरेको बताए।