तस्बिर डा थापाकाे फेसबुकबाट
बाँके- बाँकेमा पनि आजबाट कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु गरिएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालका प्रमुख डा प्रकाश थापाले पहिलाे खाेप लगाएका छन्।
स्वास्थ्य कार्यालय बाँकेले भेरी अस्पताल नेपालगञ्जलाई कोभिड–१९ विरुद्धको खोप हस्तान्तरण गरेपछि खोप लगाउन शुरु गरिएको थियाे।
जिल्ला समन्वय समितिका संयोजक अजयकुमार श्रीवास्तवले भेरी अस्पताल प्रमुख थापालाई खोप हस्तान्तरण गरेका थिए।
बाँकेमा पहिलो चरणमा सात हजार ५०० लाई पुग्ने गरी खोप प्राप्त भएकाे बताइएकाे छ।