काठमाडौं - नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ५ सय ८८ पुगेको छ। गत २४ घण्टामा २ सय १३ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ३ हजार २ सय ३ जना सक्रिय संक्रमित छन्।
प्रदेश १ को उदयपुरमा १, ओखलढुंगामा १, मोरङमा १, सुनसरीमा १ र सोलुखुम्बुमा १ जनामा कोरोना भेटिएको छ। प्रदेश २ को सप्तरीमा १ जनामा मात्र कोरोना भेटिएको छ।
बागमती प्रदेशको काठमाडौंमा मात्र १ सय ७ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा २, चितवनमा १५, दोलखामा १, धादिङमा २, नुवाकोटमा २, भक्तपुरमा ६, मकवानपुरमा १, रसुवामा १ र ललितपुरमा १० जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा १२, गोरखामा २, तनहुँमा ४, नवलपरासीमा पूर्वमा २, पर्वतमा १, लमजुङमा १, बागलुङमा १ र स्याङजामा १ जनामा कोरोना पुष्टि भएको छ।
लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ३, गुल्मीमा २, दाङमा १, नलवपरासीमा २, पाल्पामा ७, बाँकेमा ५ र रुपन्देहीमा १० जनामा कोरोना पाइएको छ।
गत २४ घण्टामा कर्णाली प्रदेशको जुम्लामा १ र सुदूरपश्चिम प्रदेशको बझाङमा ५ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।