काठमाडौं- त्रिवि शिक्षण अस्पतालका डाक्टर सुवासप्रसाद आचार्यले पुरस्कारवापत पाएको एक लाख रुपैयाँ नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउन्डेसनलाई सहयोग गर्ने घोषणा गरेका छन्।
बारबरा फाउन्डेसनले शुक्रबार प्रदान गरेको कोभिड-१९ विशिष्ट सम्मानको एकलाख एक रुपैयाँ पुरस्कार उनले क्रिटिकल केयर डेभलपमेन्ट फाउन्डेसनलाई सहयोग गर्ने घोषणा गरेका हुन्। डा आचार्य नेपाल क्रिटिकल केयर डेपलभमेन्ट फाउन्डेसनको अध्यक्ष हुन्।
उक्त फाउन्डेसनले त्रिवि शिक्षण अस्पतालमा आइसियु तथा भेन्टिलेटरमा उपचारत गम्भीर अवस्थाका बिरामीलाई आर्थिक संकट परेमा सहयोग गर्ने गरेको छ।
बारबरा फाउन्डेसनले कोरोना संक्रमण विरुद्धको लडाइमा अग्रपङ्तीमा खटिएका डाक्टर आचार्य सहित डा अनुप बास्तोला, डाक्टर डेनप्रसाद आचार्य लगायत विभिन्न अस्पतालका नर्स, स्वास्थ्यसंस्था, पत्रकार र सुरक्षा निकाय तथा अस्पताल र स्वास्थ्यकर्मीहरुलाई शुक्रबार सम्मान गरेको हो।