काठमाडौं- देउराली जनता फर्मास्युटिकल्स ३१औं वर्षमा प्रवेश गरेको छ।
कम्पनीले ३०औं वार्षिकोत्सवको अवसरमा प्रेस विज्ञप्ति जारी गर्दै गुणस्तरीय औषधि उत्पादनका लागि कुनै सम्झौता नगर्ने प्रतिवद्धता व्यक्त गरेको छ।
औषधि आयातमा रहेको परनिर्भरतालाई कम गर्दै औषधि उत्पादनको क्षेत्रमा मुलुकलाई आत्मनिर्भर बनाउन कम्पनी प्रयत्नशील रहेको विज्ञप्तिमा उल्लेख छ। प्रालिले आगामी दिनमा पनि उच्च गुणस्तरीय औषधिहरु जनतालाई उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेको छ।
अत्यावश्यक औषधि लगायत क्याप्सुल, ट्याबलेट, लिक्विड लगायत ३ सय ३० प्रकारका औषधिहरु अनुसन्धान, उत्पादन गर्ने काम भइरहेको कम्पनीले जनाएको छ। यस कम्पनीले कोरोना संक्रमित बिरामीको उपचारमा प्रयोग हुने फाबिर–२०० ट्याब पनि उत्पादन गरेको छ।