काठमाडौं - स्वास्थ्य पत्रकार मञ्चको अध्यक्षमा रामप्रसाद न्यौपाने निर्वाचित भएका छन्। स्वास्थ्य पत्रकार मञ्चको चौथो राष्ट्रिय अधिवेशनले अध्यक्षका प्रत्याशी उद्धवराज भेटुवाललाई पराजित गर्दै न्यौपाने निर्वाचित भएका हुन्।
अधिवेशनले न्यौपानेको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ। उपाध्यक्षमा सरोज ढुंगेल, महासचिवमा भिषा काफ्ले, सचिवमा सञ्जिता खनाल विजयी भएका छन्। कोषाध्यक्षमा कमला गुरुङ निर्विरोध निर्वाचित भएकी छिन्।
यस्तै, सदस्यहरुमा फातिमा बानु, सागर बुढाथोकी, सिर्जना बराल, तुलसा घिमिरे, बिना न्यौपाने, ज्योति अधिकारी, स्नेहा कर्ण र महेश तिमिल्सिना चयन भएका छन्।