काठमाडौं– नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ४३१ पुगेको छ। गत २४ घण्टामा १४२ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये २ हजार ३३५ जना सक्रिय संक्रमित छन्।
प्रदेश १ को ओखलढुंगामा एकजना, खोटाङमा २, झापामा ४ र पाँचथरमा एकजनामा कोरोना भेटिएको छ। प्रदेश २ को धनुषामा एकजना, बारामा एकजना र सर्लाहीमा एकजनामा कोरोना संक्रमण देखिएको छ।
बागमती प्रदेशको काठमाडौंमा मात्र ४४ जनामा कोरोना पुष्टि भएको छ।यस्तै, चितवनमा ६, नुवाकोटमा एकजना, भक्तपुरमा ३,रसुवामा एकजना, रामेछापमा एकजना, ललितपुरमा ८, सिन्धुपाल्चोकमा एकजना र सिन्धुलीमा एकजनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा १३, नवलपरासी पूर्वमा एकजना, लमजुङमा ४, बाग्लुङमा ३ र स्याङ्जामा एकजनामा कोरोना पुष्टि भएको छ।
लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ३, कपिलवस्तुमा ३, गुल्मीमा एकजना, दाङमा ६, प्युठानमा एकजना, बर्दिया २, बाँके ३, रुपन्देहीमा २० र रोल्पामा एकजनामा कोरोना पाइएको छ।
गत २४ घण्टामा कर्णाली प्रदेशको कुनै पनि जिल्लामा कोरोना नभेटिएको मन्त्रालयले जनाएको छ। यस्तै सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा एकजना र कैलालीमा २ जनामा कोरोना संक्रमण देखिएको छ।