काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा बढ्दै गएको कोरोना महामारी नियन्त्रणमा ल्याएको दावी गरेका छन्।
शुक्रबारको सभालाई सम्बोधन गर्दै उनले भने,‘कोभिड-१९ ले गएको एक वर्ष धेरै प्रतिकुलतामा पुर्यायो। हामीले जनताको
सुरक्षालाई पहिलो विषय बनाएको कारण मृत्युदरमा कमी आयो। अब त खोप पनि ल्याइसक्यौँ।’
उनले फ्रन्टलाइनमा बसेका डाक्टर, नर्स, सुरक्षाकर्मी लगायतलाई प्राथमिकता दिएको बताए। उनले जबसम्म कोभिड पूर्ण रुपमा नियन्त्रणमा आउँदैन, तबसम्म खोप अभियानलाई जारी राख्ने बताए।