काठमाडौं- औषधि व्यवस्था विभागले औषधि वा खोपको आपतकालिन प्रयोग सम्बन्धी संहिता ल्याएको छ।
महामारीको रुपमा फैलिएको संक्रामक रोगको रोकथाम, नियन्त्रण वा निर्मुल गर्न विश्व स्वास्थ्य संगठनमा सूचीकृत भएका वा सम्बन्धित मुलुकको औषधि नियामक निकायले दर्ता गरेको वा त्यस्ता नियामक निकायले आपतकालीन प्रयोगको अनुमति प्रदान गरेका औषधि वा खोपको नेपालमा आपतकालिन प्रयोगका लागि विभागले यो संहिता ल्याएको हो।
संहिता अनुसार औषधि सल्लाहाकार समितिको सिफारिशमा औषधि व्यवस्था विभागमा दर्ता भएका औषधि वा खोपलाई आपतकालिन प्रयोगको अनुमति दिइने छ।
कोरोना भाइरसको संक्रमण फैलिएपछि नेपालमा पनि कोरोना भाइरसविरुद्दको खोपलाई आपतकालिन प्रयोगको अनुमति दिइएको छ।
यस्तो छ विभागले ल्याएको संहिता






