काठमाडौं— बैतडीकी एक महिलाले चौथो पटक शल्यक्रिया गरी सन्तान जन्माएकी छिन्
नर्भिक अस्पतालमा गत शुक्रबार ३७ वर्षीया ती महिलाले चौथो पटक शल्यक्रियामार्फत सन्तान जन्माएकी हुन्।
यसअघि, परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालमा पहिलो र दोस्रो सन्तान जन्माउँदा पनि उनको शल्यक्रिया गरिएको थियो। उक्त समय दुबै बच्चा खेर गएको अस्पतालले जनाएको छ। अस्पतालले दिएको जानकारी अनुसार उनको तेस्रो पटक नर्भिकमा शल्यक्रिया मार्फत नै बच्चा झिकिएको थियो।
उनको शल्यक्रिया प्रसुति तथा ल्याप्रोकोपिक सर्जन डा नूतन शर्मा गरेकी हुन.। सामान्यतः पहलो बच्चा जन्माउँदा शल्यक्रिया गरिएको छ भने दोस्रो बच्चा जन्माउदा आमा र बच्चाको स्वास्थ्यमा जोखिम हुने भएकाले दोस्रो बच्चा जन्माउँदा पनि शल्यक्रिया गर्नु उपयुक्त हुने डा शर्माको भनाई छ।
उनले भनिन्,‘ प्राकृतिक रुपमै नर्मल डेलिभरी हुनु निकै राम्रो हो। कहिलेकाँहि आमा र बच्चाको स्वास्थ्यमा जटिलता आउने सम्भावना भएपछि शल्यक्रिया गर्नुपर्ने हुन्छ। साधारण तीन पटकसम्म शल्यक्रिया हुन्छ। चौथो पटक शल्यक्रिया गरेर बच्चा जन्मिनु दर्लभ घटना हो।’
अहिले आमा र बच्चा दुबैको स्वास्थ्य सामान्य रहेको अस्पतालको भनाई छ।