काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा १ सय ३४ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७२ हजार ३ सय ४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार ७ सय ५३ जना सक्रिय संक्रमित छन्।
गत २४ घण्टामा ३ हजार ५ सय ६७ जनाको पिसिआर परीक्षण गर्दा १ सय ३४ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख ४ हजार ६ सय २६ पुगेको छ।
गत २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन। हाल ८८ जना क्वारेन्टाइनमा छन्। गत २४ घण्टामा १ सय १८ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६८ हजार ५ सय ४९ पुगेको मन्त्रालयले जनाएको छ।
यस्तै, देशभर हाल ८८ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। ७२ जना आइसियु र १६ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा ३ जना संक्रमित आइसियुमा छन्। प्रदेश २ मा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ।
बागमती प्रदेशमा ३७ आइसियु र १४ भेन्टिलेटरमा, गण्डकीमा ४ जना संक्रमित मात्र आइसियुमा छन्। लुम्बिनी प्रदेशमा २७ आइसियु र २ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
कर्णाली प्रदेशमा १ जना मात्र आइसियुमा छन्। सूदुरपश्चिम प्रदेशको कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ।