काठमाडौं- नेपाल मेडिसिटी अस्पतालले बुढानिलकण्ठ मुहानपोखरीमा एक दिने स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
महिलाहरुको पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी प्रारम्भिक परीक्षण गर्ने उद्देश्यले उक्त स्वास्थ्य शिविर सञ्चालन गरेको हो।
शिविरमा एक सय जना महिला सहभागी भएका थिए। उनीहरुलाई थर्मोकोगुलेसन प्रविधिबाट उपचार गर्दा १३ जनामा आङ खस्ने समस्या, १२ जनामा विभिन्न संक्रमण, ४ जनामा प्रारम्भिक चरणको तथा १ जनामा स्तन क्यान्सरको आशंका गरिएको छ।
वरिष्ठ स्तन शल्य चिकित्सक डा ज्योति रायमाझी र स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा सुभाना दाहालले शिविरमा सहभागी महिलाहरुको स्वास्थ्य परीक्षण गरेका थिए।
डा रायमाझीले स्तन क्यान्सर रोगबाट बच्न ध्यान दिनुपर्ने विषयमा बारेमा जानकारी दिएकी थिइन्। डा रायमाझीले ४० वर्ष माथीका महिलाहरुलाई म्यामोग्राम टेष्ट गरी ढुक्क रहन सुझाव दिइन्।
नेपाल मेडिसिटी, नेपाल अस्ट्रेलियन सर्भाईकल क्यान्सर फाउण्डेशन, बुढानीलकण्ठ नगरपालिकाको संयुक्त आयोजना तथा गृहिणी महिला संघ नेपाल, श्री पञ्चेश्वर महिला समाज र शिवपुरी नवजागृत क्लबको संयोजकत्वमा स्वास्थ्यशिविरको आयोजना गरिएको थियो।