काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा १२७ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७२ हजार ५५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार ७०७ जना सक्रिय संक्रमित छन्।
गत २४ घण्टामा ४ हजार जनाको पिसिआर परीक्षण गर्दा १२७ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख ११हजार ६४९ पुगेको छ।
गत २४ घण्टामा थप २ जना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या २ हजार ५४ पुगेको छ। हाल ७९ जना क्वारेन्टाइनमा छन्।
गत २४ घण्टामा १३६ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६८ हजार ७९६ पुगेको मन्त्रालयले जनाएको छ।
यस्तै, देशभर हाल ७६ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। ६२ जना आइसियु र १४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
प्रदेश १ र प्रदेश २ मा कुनै संक्रमित आइसियु र भेन्टिलेटरमा छैनन्। बागमती प्रदेशमा ३६ आइसियु र ११ भेन्टिलेटरमा, गण्डकीमा ४ जना संक्रमित मात्र आइसियुमा छन्। लुम्बिनी प्रदेशमा २० आइसियु र ३ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
कर्णाली प्रदेशमा २ जना मात्र आइसियुमा छन्। सूदुरपश्चिम प्रदेशको कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ।