काठमाडौं - काठमाडौं महानगरपालिकाले नगरभित्रका सबै नागरिकको निःशुल्क मिर्गौला परीक्षण गर्ने भएको छ।
महानगरपालिकाले फागुन ५ गते देखि आगामी ६ महिनासम्म ३२ वटै वटाका नागरिकको निशुल्क परीक्षण गर्ने जनाएको छ।
काठमाडौँ महानगरपालिका र मिर्गौला बचाऔँ अभियानको संयुक्त आयोजनामा महानगरपालिका यो अभियान सञ्चालन हुन लागेको हो।
महानगरपालिकाको जनस्वास्थ्य विभागले सूचना प्रकाशित गर्दैै ‘स्वस्थ मिर्गौला स्वस्थ काठमाडौं’ कार्यक्रम अन्तरगर्त यो अभियान अघि बढाइने जनाएको छ।
मिर्गौला परीक्षण गर्नका लागि महानगरपालिका भित्र बसोबास गर्ने व्यक्तिले वडास्थित सामुदायिक सहरी स्वास्थ्य क्लिनिकमा गई पिसावको प्रारम्भिक परीक्षण मार्फत जाँच गराउन सक्ने छन्।