काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा १०५ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७२ हजार ९४५पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार ५८७ जना सक्रिय संक्रमित छन्।
गत २४ घण्टामा ३ हजार ३६० जनाको पिसिआर परीक्षण गर्दा १०५ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख २३ हजार ९५१ पुगेको छ।
गत २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि सोमबार सम्ममा मृत्यु हुने कोरोना संक्रमितको संख्या भने २ हजार ५५ जना रहेको छ ।
हाल ७४ जना क्वारेन्टाइनमा छन्।
गत २४ घण्टामा ९९ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६९ हजार ३०३ पुगेको मन्त्रालयले जनाएको छ। यस्तै, देशभर हाल ७६ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्।