काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई ‘जिन सिक्वेन्सिङ सर्भिलेन्स’ सम्बन्धी व्यवस्थाका लागि योजना पेस गर्न निर्देशन दिएको छ।
स्वास्थ्य मन्त्रालयले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को मापदण्ड अनुसार कस्ट इफेक्टिभनेस हुने गरी योजना दिन निर्देशन दिएको हो।
स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसिएस)को बैठकले नेपालमै जिन सिक्वेन्सिङ परीक्षण गर्नेए व्यवस्था गर्न उक्त योजना माग गरेको छ।
नेपालमा जिन सिक्वेन्सिङ परीक्षण नहुने भएकाले उक्त परीक्षणका लागि हंङकङ पठाउने गरिएको छ।