काठमाडौं - औषधि व्यवस्था विभागले निजी क्षेत्रलाई कोभिड १९ विरुद्धको खोप आयातका लागि बाटो खुला गरेको छ। कोभिड-१९ विरुद्धको खोप अभियानलाई सफल पार्न तथा खोपको आपूर्तिमा सहजता कायम गर्नका लागि भन्दै विभागले निजी क्षेत्रलाई खोप आयातका लागि बाटो खुला गरेको हो।
विभागले एक सूचना जारी गरी इच्छुक उत्पादक कम्पनी/आधिकारिक आयातकर्ता वा उत्पादकले तोकेको आधिकारिक बिक्रेतलाहरुलाई आवश्यक कागजात सहित सात दिन भित्र निवेदन पेश गर्न आग्रह गरेको छ।
विभागले इयुए प्रदान गरेको वा विश्व स्वास्थ्य संगठनले इमरजेन्सी युजिङ्ग लिस्टिङ प्रदान गरेका खोपहरु आयात गर्न इच्छुकले औषधि वा खोपको आपतकालीन प्रयोग सम्बन्धी संहिता २०७७ मा तोकिएका कागजात सहित निवेदन दिनुपर्नेछ।
कोभिड-१९ विरुद्ध प्रयोग हुने खोपको प्राप्ति र प्रयोग सम्बन्धी अवधारणापत्र अनुसार खोपको एक्स फ्याक्ट्री मूल्य, ढुवानी, भण्डारण, सम्बन्धित मुलुकको कर, सेवा शुल्कसमेत विश्लेषण गरी मुनाफा बढीमा १० प्रतिशत कायम हुने गरी लागत विवरण सहित अन्तिम मूल्य खुलाउनुपर्ने विभागले जनाएको छ। प्रति खेपमा आपूर्ति गर्न सकिने परिणाम र सो को लागि लाग्ने समयको प्रक्षेपण समेत उल्लेख गर्नुपर्ने सूचनामा भनिएको छ।
यो पनि